नागरिकता विधेयक विधायन व्यवस्थापन समितिमा पठाइयो

नागरिकता विधेयक विधायन व्यवस्थापन समितिमा पठाइयो

२०७९, भाद्र १२ आइतवार

  • 1.2K
    SHARES

  • नागरिकता विधेयक विधायन व्यवस्थापन समितिमा पठाइयो

    काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले नागरिकता विधेयकलाई विधायन व्यवस्थापन समितिमा पठाएको छ ।

    बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गरेका थिए ।

    गृहमन्त्री खाणले पेश गरेको उक्त प्रस्ताव बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो  ।

    यसअघि बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुँयालले राष्ट्रपति विद्यादेवी भण्डारीले पठाउनुभएको नागरिकता विधेयक सम्बन्धी सन्देश सभासमक्ष जानकारी गराएका थिए ।

     

    २०७९, भाद्र १२ आइतवार०३:०२:१९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार