काठमाडौं । पछिल्लो २४ घण्टामा २०२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २ हजार ६४ जनाको पीसीआर परीक्षण गर्दा १६४ जनामा र १ हजार ७६९ जनाको एन्टीजेन परीक्षण गर्दा ३८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ४६२ जना सङ्क्रमण मुक्त भएका छन् भने सङ्क्रमण मुक्त हुने दर ९८.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ भने यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार पुगेको छ ।