महानगरको कानुन कार्यान्वयन गर्ने कार्यमा मेरो समर्थन छ : उपमेयर डङ्गोल

महानगरको कानुन कार्यान्वयन गर्ने कार्यमा मेरो समर्थन छ : उपमेयर डङ्गोल

२०७९, भाद्र १२ आइतवार

  • 957
    SHARES

  • महानगरको कानुन कार्यान्वयन गर्ने कार्यमा मेरो समर्थन छ : उपमेयर डङ्गोल

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले महानगरले सञ्चालन गरेको अनधिकृत संरचना हटाउने अभियानमा आफ्नो समर्थन रहेको स्पष्ट पारेकी छन् ।

    डङ्गोलले महानगरको कानुन कार्यान्वयन गर्ने सबै कार्यमा आफ्नो साथ, सहयोग र समर्थन रहेको बताएकी हुन् । 

    आज वक्तव्य जारी गर्दै उपप्रमुख डङ्गोेलले काठमाडौँ महानगरलाई साँच्चिकै स्वच्छ, सुन्दर, जीवन्त र व्यवस्थित सांस्कृतिक नगरका रूपमा थप विकास गर्ने आफ्नो एजेण्डा रहेको उल्लेख गर्दै त्यसबारे आफु सचेत रहेको स्मरण गराएकी छन् ।

    “सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरेका अनधिकृत संरचना (निर्माण कार्य तथा नक्सा स्वीकृति गर्दा भुईँ तला वा बेसमेन्टलाई पार्किङको प्रयोजन देखाइपछि अन्य व्यापारिक प्रयोजनमा लगाएका संरचना) हटाउने कार्यलाई केही दिनदेखि काठमाडौँ महानगरपालिकाले निरन्तरता दिँदै आएको विदितै छ”, डङ्गोलद्वारा जारी वक्तव्यमा उल्लेख छ, “त्यस्ता अनधिकृत संरचना हटाउने अभियान काठमाडौँ महानगरपालिकाको हो । म काठमाडौँ महानगरपालिकाको उपप्रमुखको हैसियतमा छु । त्यसैले कानुन कार्यान्वयन गर्ने सबै कार्यमा मेरो साथ, सहयोग र समर्थन रहेको स्मरण गराउन चाहन्छु ।”

    २०७९, भाद्र १२ आइतवार०५:४९:२८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार