प्रधानमन्त्री देउवासहित कांग्रेस नेताहरु पुगे शितल निवास

प्रधानमन्त्री देउवासहित कांग्रेस नेताहरु पुगे शितल निवास

२०७९, भाद्र १३ सोमवार

  • 1.5K
    SHARES

  • प्रधानमन्त्री देउवासहित कांग्रेस नेताहरु पुगे शितल निवास

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासहितका कांग्रेस नेता राष्ट्रपति कार्यलय शितल निवास पुगेका छन्।

    कंग्रेस सभापतिसमेत रहेका देउवा, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सोमबार दिउँसो शितल निवास पुगेका हुन्।

    राष्ट्रपति भण्डारीसँग भेट्न जानुअघि सभापति देउवाले पार्टी पदाधिकारीहरुसँग बालुवाटारमा छलफल गरेका थिए।

    दुवै संसदले पारित गरेर जारी गर्न शीतल निवासमा पठाइएको नागरिकतासम्बन्धी विधेयक पुनर्विचारका लागि राष्ट्रपतिले संसदमै फिर्ता गरिदिनुभएको थियो । 

    राष्ट्रपतिले फिर्ता गरे पनि उक्त नागरिकतासम्बन्धी विधेयक प्रतिनिधि सभाले जस्ताको तस्तै पारित गरिसकेको छ। आइतबार राष्ट्रिय सभाले भने उक्त विधेयक छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ।

    नागरिकता विधेयक पास गराएर सरकार तराईको जनमत आफुतिर तान्ने ध्याउन्नमा लागेको आरोप लाग्दै आएको छ । यस अवस्थामा राष्ट्रपति सँगको भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

     

    २०७९, भाद्र १३ सोमवार०३:०५:४४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार