काठमाडौँ । नेपाली कांग्रेस राष्ट्रियसभाका लागि संसदीय दलको नेतामा रमेशजङ्ग रायमाझी मनोनयन भएका छन् ।
कांग्रेस सभापति एवं संसदीय दलका नेता तथा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभाका सदस्य रायमाझीलाई आज राष्ट्रियसभाका लागि संसदीय दलको नेतामा मनोनयन गरेको कांग्रेस संसदीय दलका निजी सचिव केशवराज जोशीले जानकारी दिए ।
देउवाले दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०७४) को धारा १२ को उपधारा (१) बमोजिम राष्ट्रिय सभाका लागि संसदीय दलको नेतामा मनोनयन गरेका हुन् ।