महाभियोग सिफारिस समितिले आज पनि चोलेन्द्रसँग बयान लिँदै

महाभियोग सिफारिस समितिले आज पनि चोलेन्द्रसँग बयान लिँदै

२०७९, भाद्र १६ बिहिवार

  • 1.4K
    SHARES

  • महाभियोग सिफारिस समितिले आज पनि चोलेन्द्रसँग बयान लिँदै

    काठमाडौँ । महाभियोग सिफारिस समितिले आज पनि निलम्बित प्रधान्यायाधीश चोलेन्द्रशमशेर राणासँग बयान लिने भएको छ।

    बिहीबार बिहान ११ बजे उनलाई महाअभियोग सिफारिस समितिमा बोलाइएको छ।

    बुधबार करिब साढे तीन घन्टासम्म महाअभियोग सिफारिस समितिमा उनले आफूविरुद्ध लागेका आरोपहरूको सफाइ पेस गरी निस्किएका थिए।

    समितिले जबरालाई सोध्न ४३ वटा प्रश्न तयार गरेको थियो तर बुधबार उनले ४ वटा प्रश्नको मात्र जवाफ दिएका थिए। बयानका क्रममा जबराले आफूमाथिको महाभियोग प्रस्ताव नै अवैध रहेको तर्क गरेका थिए।

    महाभियोग सिफारिस समितिमा सोधपुछको जवाफ दिने क्रममा उनले महाभियोगका सम्बन्धमा संसदको नियमावलीको नै पालना नभएको बताएका थिए।

    यस्तै, सांसदहरू आफूभन्दा पछाडिको व्यक्तिलाई प्रधानन्यायाधीश बनाउन खोजेको आरोप पनि लगाएका थिए।

    बयानका क्रममा प्रधानन्यायाधिश जबराले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको तारिफ गरे भने बाँकी सबै नेतालाई गाली गरेका छन् । सबैका भित्रि रुची समेत उजागर गरिदिएका छन् । 

    २०७९, भाद्र १६ बिहिवार०९:३५:०६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार