चलचित्र ‘झिङ्गेदाउ’ : मौलिक र अर्ग्यानिक

चलचित्र ‘झिङ्गेदाउ’ : मौलिक र अर्ग्यानिक

२०७९, भाद्र १६ बिहिवार

  • 2.4K
    SHARES

  • चलचित्र ‘झिङ्गेदाउ’ : मौलिक र अर्ग्यानिक

    काठमाडौँ । चलचित्र ‘झिङ्गेदाउ’को विशेष प्रदर्शनी गरिएको छ । कमलपोखरीस्थित विग मुभिजमा चलचित्र निर्माण पक्षले विभिन्न कलाकार र पत्रकारलाई चलचित्र देखाएको हो । यही भदौ १७ गते शुक्रबारदेखि प्रदर्शनमा आउने सो चलचित्रलाई निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् ।

    पारिवारिक कथावस्तुमा निर्माण भएको यस चलचित्रमा अभिनेत्री केकी अधिकारी, आँचल शर्मा, अभिनेता कुशल विष्ट, मुकुन भुसालको मुख्य भूमिका रहेको छ भने हिउवाला गौतम, प्रतीक्षा शाह, सङ्गम भण्डारी, आर्यन खड्का, आशा भुषाल, अभयराज बराल, विजय देउजालगायत कलाकारको अभिनय रहेको छ । घरपरिवारमा दाजुभाइबीच हुने प्रेम, झैझगडा तथा विवादलाई चलचित्रको विषयवस्तु बनाइएको छ । चलचित्रमा अभिनेत्री केकी अधिकारी र आँचल शर्माले जेठानी–देउरानीको भूमिका देख्न सकिन्छ । 

    कार्यक्रममा कलाकार सङ्घका अध्यक्ष रवीन्द्र खड्का, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, कलाकार दिपाश्री निरौला, दीपकराज गिरी, मिथिला शर्मा, उत्तम केसी, अभिनेत्री स्वस्तिमा खड्का, रिमा विश्वकर्मालगायतका कलाकारको उपस्थिति थियो ।

    चलचित्र हेरेपश्चात् कलाकारले अभिनेत्री हिउँवाला गौतमको अभिनयलाई निकै तारिफ गरेका थिए । “ चलचित्रमा नायकको भूमिका नै नायिकाले गरेका छन्”, कलाकार मिथिला शर्माले भने। त्यसो भनिरहँदा अभिनेत्री गौतम निकै भावुक भएकी थिइन् । “चलचित्र हेरेर हाँस्दाहाँस्दै सबैको आँखा रसाएको पत्तै नहुने रहेछ”, कलाकार शर्माले भनिन् । त्यस्तै निर्देशक तथा कलाकार  निरौलाले चलचित्रको कथावस्तु मौलिक र अर्ग्यानिक रहेको बताएका छन् । 

    निर्माताका रूपमा सुलभ प्रतीक देउजा, समीक्षा देउजा रहेको यस चलचित्रमा साहित्यकार भिमनिधि तिवारीको कथा कृतिमा आधारित कथावस्तु रहेको छ । कपनगडी सिनेमा र फिल्मक्रियु नेपालको ब्यानरमा निर्माण भएको चलचित्रमा प्रदीप भारद्वाजको पटकथा र संवाद रहेको छ । यसअघि सार्वजनिक भएको चलचित्रको गीतलाई दर्शकले निकै मन पराएका थिए ।

    २०७९, भाद्र १६ बिहिवार०४:२१:२०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार