अध्यक्ष प्रचण्ड स्वदेश फिर्ता

अध्यक्ष प्रचण्ड स्वदेश फिर्ता

२०७७, पौष २६ आइतवार

  • 2.1K
    SHARES

  • अध्यक्ष प्रचण्ड स्वदेश फिर्ता

    पौष २६, काठमाडौँ ।

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल शनिवार स्वदेश फर्किएका छन् । पत्नी सीताको उपचारका लागि यही पुस २० गते भारतको राजधानी नयाँदिल्ली हुँदै मुम्बई गएका अध्यक्ष दाहाल हिजो शनिवार स्वदेश फर्किएका उनको सचिवालयले जनाएको छ ।

    अध्यक्ष दाहालको स्वागतका लागि नेकपाका नेता वर्षमान पुन, जोखबहादुर महरालगायत नेता तथा कार्यकर्ता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । उनी पत्नी सीताको उपचार एवं अन्य बन्दोबस्तका लागि छोरी गङ्गा र रेनु दाहाललाई छाडेर स्वदेश फर्किएका उनको सचिवालयले जनाएको छ ।

    २०७७, पौष २६ आइतवार०७:०८:५४
    प्रतिक्रिया
    सम्बन्धित समाचार