‘राज्य कोषबाट उपलब्ध बजेट शतप्रतिशत सदुपयोग हुनुपर्छ’

‘राज्य कोषबाट उपलब्ध बजेट शतप्रतिशत सदुपयोग हुनुपर्छ’

२०७९, भाद्र १७ शुक्रवार

  • 701
    SHARES

  • ‘राज्य कोषबाट उपलब्ध बजेट शतप्रतिशत सदुपयोग हुनुपर्छ’

    काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले राज्य कोषबाट उपलब्ध बजेट शतप्रतिशत सदुपयोग हुनुपर्नेमा जोड दिएका छन् । 

    उनले भने, “अझ विपद् व्यवस्थापनका सन्दर्भमा छुट्याइएको रकम झन् शतप्रतिशत सदुपयोग हुनुपर्छ । ”

    सिंहदरबारमा आज भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री खाणले भने, “छट्याएको रकम सही समयमा सदुपयोग हुन सकोस्, आर्थिक पद्धति र प्रक्रिया छ, कतिपय ठाउँमा सार्वजनिक खरिद ऐन आकर्षित हुन्छ, तसर्थ प्रचलित कानुनअनुसार खर्च हुन सकोस् ।”

    मुलुकमा विपद् व्यवस्थापनका लागि एकातर्फ रकमको अभाव हुँदै आएको र भएको रकम खर्च गर्न समयमै प्रबन्ध हुन नसकेकोतर्फ इङ्गित गर्दै उनले थने, “त्यो काम गर्न सकियोस्, भन्ने चाहना सरकारको छ ।”

    गृहमन्त्री खाणले यसपालिबाट जहाँ विपद् छ, त्यहीको स्थानीय पालिकालाई अगुवाइ गर्ने र माथिबाट प्राविधिक सहयोग पुर्‍याउने गरी कार्य अघि बढाएको जानकारी गराउँदै त्यस कार्यमा समन्वय हुन सकोस् भन्ने सरकारको धारणा रहेको बताए । 

    सरकारको व्यवस्थापन कोष भए पनि स्थानीय तहमा प्राविधिक जनशक्ति व्यवस्थापन भई नसकेकाले अन्य निकायसँग समन्वय गर्नुपर्ने अवस्था रहेको जानकारी गराए ।

    नेपाल विपद्को उच्च जोखिममा रहे पनि प्रारम्भिक अवस्थामा त्यसको न्यूनीकरण, रोकथाम तथा क्षति भए कसरी व्यवस्थापन गर्ने भन्नेमा सबै निकायले गम्भीरतापूर्वक काम गरेको आफूले पाएको उनले बताए। 

    सुरक्षा निकाय तथा सम्बन्ध अधिकारीको क्रियाशीलताले  उद्धार कार्य प्रभावकारी भएको आफूले पाएको पनि उनले बताए । मुलुकका विभिन्न क्षेत्रमा गत वर्ष पनि उच्च वर्षाका कारण नागरिकले नोक्सानी बेहोरेको र यो वर्ष पनि केही भूभागमा क्षति पुर्‍याएको स्मरण गरे । 

    बैठकमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले विविध विषयमा प्रस्ताव पेश गरेका थिए ।

    २०७९, भाद्र १७ शुक्रवार०२:५०:३४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार