काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ३ जनाको मृत्यु भएको छ भने २०६ जनामा संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २ हजार ८६९ जनाको परीक्षण गर्दा २०६ जनामा संक्रमण पुष्टि भएको हो ।
जसमा १ हजार ५९५जनाको पीसीआर परीक्षणमा १३४ जना र १ हजार २७४ जनाको एन्टिजेन परीक्षणमा ७२ जनामा संक्रमण देखिएको छ ।
यसैगरी आज कोरोना सक्रिय सङ्क्रमितको संख्या २ हजार ८९१ पुगेको छ भने ३९८ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार २ हजार ७३५जना होम आइसोलेसनमा रहेका छन् भने १५६ जना संस्थागत आइसोलेसन र ४१ जना आइसियुमा छन् ।
पछिल्लो २४ घण्टामा ६ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ भने नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या ११ लाख ४८ हजार ४४३ पुगेको छ ।