वीरगञ्ज विकास प्राधिकरण गठन गर्ने निर्णय

वीरगञ्ज विकास प्राधिकरण गठन गर्ने निर्णय

२०७९, भाद्र १८ शनिवार

  • 1.0K
    SHARES

  • वीरगञ्ज विकास प्राधिकरण गठन गर्ने निर्णय

    वीरगञ्ज। मधेस प्रदेशको एकमात्र महानगरपालिका पर्साको वीरगञ्ज महानगरपालिकाले वीरगञ्ज विकास प्राधिकरण गठन गर्ने निर्णय गरेको छ । वीरगञ्जको वृहत्तर विकासका लागि प्राधिकरण गठन गर्न लागिएको हो ।

    नगरप्रमुख राजेशमान सिंहका अनुसार नगरकार्यपालिकाको पछिल्लो बैठकबाट वीरगञ्ज विकास प्राधिकरण गठनादेश स्वीकृत गरिएको थियो ।

    साविकको वीरगञ्ज उपमहानगरपालिकामा जोडिएका नयाँ ग्रामीण क्षेत्र तथा सहरी क्षेत्रसमेत व्यवस्थित र योजनाबद्ध विकासका लागि वीरगञ्ज विकास प्राधिकरण गठनादेश स्वीकृत गरी काम अगाडि बढाइएको हो ।

    महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलका अनुसार वीरगञ्ज विकास प्राधिकरणको गठन नयाँ कार्यक्रम हो ।

    चालु आर्थिक वर्ष २०७९/८० को बजेटमा मधेस प्रदेश सरकारले वीरगञ्ज विकास प्राधिकरण र जनकपुर विकास प्राधिकरण गठन गर्ने घोषणा गरेको थियो । यसका लागि रु ३० करोडको व्यवस्था गरिएको छ ।

    २०७९, भाद्र १८ शनिवार१२:४४:०७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार