एमाले अध्यक्ष ओली झापा क्षेत्र नं ५ बाट उम्मेदवार सिफारिस

एमाले अध्यक्ष ओली झापा क्षेत्र नं ५ बाट उम्मेदवार सिफारिस

२०७९, भाद्र २० सोमवार

  • 1.9K
    SHARES

  • एमाले अध्यक्ष ओली झापा क्षेत्र नं ५ बाट उम्मेदवार सिफारिस

    भद्रपुर । आसन्न निर्वाचनका लागि नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि सर्वसम्मत सिफारिस भएका छन् ।

    पार्टीको ५ नं क्षेत्रीय क्षेत्रीय समितिको बैठकले ओलीको नाम सर्वसम्मत सिफारिस गरेको स्रोतले जनाएको छ ।

    ओलीले २०७४ सालको चुनावमा ५७ हजार १ सय ३९ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

    झापा क्षेत्र नं १ मा पनि एमालेले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाएको छ । सो क्षेत्रबाट पार्टीका झापा जिल्ला सह इन्चार्ज रविन कोइरालाको नाम सर्वसम्मत रूपमा सिफारिस भएको छ ।

    कोइरालाले २०७० सालको संविधानसभा निर्वाचनमा नेपाली काँग्रेसका विश्वप्रकाश शर्मालाई पराजित गरेका थिए ।

    २०७९, भाद्र २० सोमवार०३:४५:४४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार