काठमाडौं । पछिल्लो २४ घण्टामा २२१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १ हजार ५१९ जनाको पीसीआर परीक्षण गर्दा १२२ जनामा र २ हजार ५३९ जनाको एन्टीजेन परीक्षण गर्दा ९९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा २०६ जना सङ्क्रमण मुक्त भएका छन् भने सङ्क्रमण मुक्त हुने दर ९८.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा २ लाख ६९ हजार ६४५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् भने हाल २ हजार ४४४ जना सक्रिय सङ्क्रमित छन् ।