खुर्कोट–घुर्मी सडक खण्डमा एकतर्फी सवारी सञ्चालन

खुर्कोट–घुर्मी सडक खण्डमा एकतर्फी सवारी सञ्चालन

२०७९, भाद्र २२ बुधवार

  • 913
    SHARES

  • खुर्कोट–घुर्मी सडक खण्डमा एकतर्फी सवारी सञ्चालन

    सिन्धुली । सुक्खा पहिरोका कारण अवरुद्ध मध्यपहाडी राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएको छ । 

    खुर्कोट–घुर्मी सडकखण्ड अन्तर्गत सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुडुलेमा सुक्खा पहिरो खसेका कारण सवारी आवागमन अवरुद्ध भएको थियो ।

    जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक हरिकृष्ण केसीका अनुसार अवरुद्ध राजमार्ग आजदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको हो । उक्त स्थानमा मङ्गलबार दिउँसोदेखि सुक्खा पहिरो खस्न सुरु गरेको थियो । 

    पहिरो पूर्णरुपमा पन्छाउन सकिने अवस्थामा नरहेको र सडकको छेउको केही भागबाट सवारी एकतर्फी रूपमा सञ्चालन गरी सवारीसाधनलाई गन्तव्यतर्फ पठाउने काम भइरहेको उनले जानकारी दिए ।

    सो स्थलमा प्रहरी टोली परिचालन गरी डोजरले पहिरोको केही भाग पन्छाई राजमार्ग सञ्चालन गरिएको उनले जानकारी दिए । डोजरले पूरै पहिरो पन्छाउन नसक्दा दुई तर्फ नै सवारी सञ्चालन गर्न कठिनाइ भएको र स्काभेटरले मात्र उक्त पहिरो पन्छाउन सक्ने भएकाले पहल सुरु गरिएको उनले बताए ।

    सडकमा ठूला–ठूला ढुङ्गा माथिबाट खसेका कारण डोजरले पन्छाउन नसकेको हो । खुर्कोट–घुर्मी सडकखण्डमा एक दर्जनभन्दा बढी स्थानमा सुक्खा पहिरो खसेको छ । उक्त सडक खण्डमा एक वर्ष देखि खसेको पहिरो पन्छाउने काम नहुँदा राजमार्गमा सवारीसाधन सहजै आवागमन गर्न पाएका छैनन् । 

    सडकको पहिरो पन्छाउन नसक्दा सिन्धुली, उदयपुर, ओखलढुङ्गा, खोटाङ, सोलुखुम्बुलगायत पूर्वी पहाडी जिल्लाका यात्रुले यात्रामा कठिनाइ भोग्नुपरेको छ ।

    २०७९, भाद्र २२ बुधवार०४:३९:५४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार