लोक सेवा आयोगले गर्यो अंकभारमा संशोधन, प्रथम पत्रबाट अब ५० प्रतिशत मात्रै जोडिने

लोक सेवा आयोगले गर्यो अंकभारमा संशोधन, प्रथम पत्रबाट अब ५० प्रतिशत मात्रै जोडिने

२०७९, भाद्र २३ बिहिवार

  • 1.1K
    SHARES

  • लोक सेवा आयोगले गर्यो अंकभारमा संशोधन, प्रथम पत्रबाट अब ५० प्रतिशत मात्रै जोडिने

    काठमाडौं । लोक सेवा आयोगले राजपत्रांकित प्रथम श्रेणी (अप्राविधिक), सहसचिव वा सो सरह पदको द्वितीय चरणको सक्षमता परीक्षा तथा राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरह, राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक), नायब सुब्बा वा सो सरह र राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरहका पदको खुला प्रतियोगितात्मक लिखित परीक्षाको पाठ्यक्रम र अंकभारमा संशोधन तथा परिमार्जन गरेको छ । आयोगले आज सूचना जारी गर्दै आर्थिक वर्ष २०७९/८० देखि हुने विज्ञापनमा यो नियम लागु हुने जनाएको छ ।

    संसोधित पाठ्यक्रम तथा अंकभारअनुसार राजपत्रांकित प्रथम श्रेणी (अप्राविधिक), सहसचिव वा सो सरह पदको द्वितीय चरणको सक्षमता परीक्षाअन्तर्गत मामिला प्रस्तुतिकरणको पूर्णाङ्क साविकको ५० अंकको सट्टा ३० अंक कायम गरिएको छ ।

    यस्तै, राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरह, राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक), नायब सुब्बा वा सो सरह र राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरहका पदको खुला प्रतियोगितात्मक लिखित परीक्षाको प्रथम चरण (प्रथम पत्र)मा उम्मेदवारले प्राप्त गरेको कूल अंक (प्राप्ताङ्क)को ५० (पचास) प्रतिशत अंकभार कायम गरी अन्तिम चरणको योग्यताक्रममा गणना गर्ने भएको छ ।

    २०७९, भाद्र २३ बिहिवार०४:२०:०४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार