काठमाडौं । पछिल्लो २४ घण्टामा २२७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १ हजार ५१८ जनाको पीसीआर परीक्षणमा १३७ जना र २ हजार ८८३ जनाको एन्टीजेन परीक्षणमा ९० जनामा सङ्क्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टाको अवधिमा १६८ जना सङ्क्रमण मुक्त भएका छन् भने सङ्क्रमण मुक्त हुने दर ९८.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार २४ घण्टामा १ जनाको मृत्यु भएको छ भने यो सँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार १० जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा मुलुकमा १ लाख ४३ हजार ५९५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् भने हाल २ हजार ४७३ जना सक्रिय सङ्क्रमित छन् ।