काठमाडौं । पछिल्लो २४ घण्टामा १५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १ हजार १८६ जनाको पीसीआर परीक्षणमा ११० जनामा र २ हजार १०८ जनाको एन्टीजेन परीक्षण गर्दा ४२ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टाको अवधिमा १३३ जना सङ्क्रमण मुक्त भएका छन् भने सङ्क्रमण मुक्त हुने दर ९८.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार २४ घण्टामा २ जनाको मृत्यु भएको छ भने यो सँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार १२ जना पुगेको छ ।
नेपालमा हाल २ हजार ४४८ जना सक्रिय सङ्क्रमित छन् ।