दार्चुला बाढी पहिरो अपडेट : मृतक पाँच जनाको सनाखत, सात अझै बेपत्ता

दार्चुला बाढी पहिरो अपडेट : मृतक पाँच जनाको सनाखत, सात अझै बेपत्ता

२०७९, भाद्र २५ शनिवार

  • 1.3K
    SHARES

  • दार्चुला बाढी पहिरो अपडेट : मृतक पाँच जनाको सनाखत, सात अझै बेपत्ता

    खलङ्गा । दार्चुलामा बाढी पहिरोमा परी मृत्यु भएका पाँच जनाको सनाखत भएको छ । 

    मृत्यु हुनेमा नौगाड गाउँपालिकाका तीन र महाकाली नगरपालिकाका दुई छन् । बाढी पहिरोमा परी सात जना अझै बेपत्ता छन् । बेपत्ता सबै सदरमुकाम खलङ्गास्थित महाकाली नगरपालिकाका छन् । 

    सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदका अनुसार बाढी पहिरोमा परेर मृत्यु हुनेमा महाकाली नगरपालिका–२ मुल्लाका ७७ वर्षीय नन्दराम बोहरा र महाकाली–३ डुङरीकी ३५ वर्षीया मानमति कार्की तथा नौगाड गाउँपालिका–१ की ३५ वर्षीया जानकी ठगुन्ना र १५ वर्षीया धनुली ठगुन्ना तथा नौगाड–२ का ४५ वर्षीय मोहनराम पार्की छन् । 

    पहिरोमा परी नौगाड–४ का रामसिँह ठगुन्ना, विरा ठगुन्ना, फागुली ठगुन्ना र जयवहादुर ठगुन्ना घाइते छन् । उनीहरुलाई सुर्खेतबाट आएको नेपाली सेनाको  हेलिकप्टरमा नौगाडबाट खलङ्गा हुँदै केही बेर अघि कैलालीको धनगढी लगिएको सहायक प्रजिअ साउदले जानकारी दिए । जिल्ला अस्पताल दार्चुलामा उपचार सम्भव नभएपछि चारै जनालाई धनगढी लगिएको उनले बताए । 

    यस्तै बाढी पहिरोमा बेपत्ता महाकाली नगरपालिकाको लास्कु र डुङरीका सात जनाको नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले खोजी गरिरहेका छन् । 

    बेपत्तामा महाकाली–३ डुङरीका धनसिंह कार्की तथा उनका छोराहरू दीपक र दिनेश तथा अन्य चार जना रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

    २०७९, भाद्र २५ शनिवार०१:३६:२४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार