काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा धनगढी निवासी नरबहादुर बलायरको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल पुगी उनले बलायरको अवस्थाबारे जानकारी लिँदै स्वास्थ्यलाभको कामना गरेका हुन् ।
आज साढे ११ बजे अस्पताल पुग्नुभएका प्रधानमन्त्री देउवाले बलायर र उनका आफन्त तथा उपचारमा संलग्न चिकित्सकसँग कुरा गरेको अस्पतालले जनाएको छ ।
बलायर लामो समयदेखि मिर्गौलाले काम नगर्दा पीडित हुँदै आएका छन् । दुवै मिर्गौलामा समस्या देखिएकाले हाल उनले उक्त अस्पतालमा उपचार गराइरहेका छन् ।