बङ्गलादेशमा यही वर्ष विद्युत् निर्यात गर्छौँ : मन्त्री भुसाल

बङ्गलादेशमा यही वर्ष विद्युत् निर्यात गर्छौँ : मन्त्री भुसाल

२०७९, भाद्र २५ शनिवार

  • 1.1K
    SHARES

  • बङ्गलादेशमा यही वर्ष विद्युत् निर्यात गर्छौँ : मन्त्री भुसाल

    चितवन । ऊर्जा मन्त्री पम्फा भुसालले नेपाल सरकारले बङ्गलादेशलाई विद्युत् निर्यातका लागि तयारी गरिरहेको बताएकी छन् । 

    आज यहाँ पत्रकारसँग कुरा गर्दै उनले यसै वर्ष बङ्गलादेशलाई विद्युत् निर्यात गरिने बताएकी हुन् । हाल नेपालले भारतमा बिजुली बिक्री गर्दै आएको छ ।

    “हामीले अहिलेसम्म भारतमा मात्रै विद्युत् निर्यात गरेका छौँ । अब बङ्गलादेश पनि निर्यात हुँदैछ,” मन्त्री भुसालले भनिन्, “जलविद्युत् उत्पादनमा साझेदारी गर्न सहमति भएको र यसै वर्षदेखि ५० मेगावाट विद्युत् बङ्गलादेश जान्छ ।”  

    ऊर्जालाई उत्पादनको माध्यम बनाउन लागिएको र गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्कजस्तै रहेको जानकारी दिँदै उनले  घरायासी प्रयोजनका लागि मूल्य घटाइएको छ भने कृषि र सिँचाइमा ७५ प्रतिशत महसुल घटाइएको जानकारी दिइन् ।

    फरक प्रसङ्गमा उनले गठबन्धनको सिटको विषय आज बेलुकासम्म टुङ्ग्याइने बताइन् । 

    शुक्रबार टुङ्गिने भनिएको गठबन्धनको सिट बाँडफाँट प्राविधिक हिसाबले समस्या भएको उल्लेख उनले भनिन्, “गठबन्धनका नेताहरू बाहिर भएका कारण शुक्रबार हुन सकेन आज साँझ टुङ्गिन्छ ।”

    २०७९, भाद्र २५ शनिवार०३:३४:३४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार