कोरोना अपडेट : थप १०४ जनामा सङ्क्रमण पुष्टि, २ जनाको मृत्यु

कोरोना अपडेट : थप १०४ जनामा सङ्क्रमण पुष्टि, २ जनाको मृत्यु

२०७९, भाद्र २६ आइतवार

  • 1.1K
    SHARES

  • कोरोना अपडेट : थप १०४ जनामा सङ्क्रमण पुष्टि, २ जनाको मृत्यु

    काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप एक सय चार जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

    एक हजार पाँच सय ९२ पीसीआर र एक हजार नौ सय ९५ एण्टीजेन गरी जम्मा तीन हजार पाँच सय ८७ नमुनाको परीक्षण गर्दा थप एक सय चार जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार दुई सय एक जना कोरोना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् । कोरोना सङ्क्रमणमुक्त हुने ९८ दशमलव ६ प्रतिशत रहेको छ । 

    त्यसैगरी, कोरोनाका कारण आज थप दुई जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनको कुल सङ्ख्या १२ हजार १४ पुगेको मन्त्रालयले जनाएको छ । 

    नेपाल हाल दुई हजार तीन सय १६ जना कोरोनाका सक्रिय संक्रमित छन् भने पछिल्लो २४ घण्टामा आठ हजार चार सय १२ जना कोरोना विरुद्धको खोप लगाएको पनि मन्त्रालयले जनाएको छ । 

    २०७९, भाद्र २६ आइतवार०४:४७:०९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार