धरान बजारमा पानीको फोहोरा, खुशीले नाच्दै मेयर हर्क साम्पाङ

धरान बजारमा पानीको फोहोरा, खुशीले नाच्दै मेयर हर्क साम्पाङ

२०७९, भाद्र २८ मंगलवार

  • 2.5K
    SHARES

  • धरान बजारमा पानीको फोहोरा, खुशीले नाच्दै मेयर हर्क साम्पाङ

    धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ धरान बजारमा पानि ल्याउन सफल भएका छन् ।

    उनले स्थानीय तह निर्वाचनको बेला धरानमा पानीको समस्या समाधान गर्ने बाचा गरेका थिए । मेयर निर्वाचित भएलगत्तै उक्त बाचा पूरा गर्न कस्सिएका साम्पाङले अन्ततः खर्दु र निशाने खोलाको पानी ल्याउन सफल भए ।

    उनले धरान ल्याइएको पानीको फोहोराको भिडियो सामाजिक सन्जालमा पोष्ट गर्दै खुसी साटेका छन् । ‘खर्दु र निशानेलाई मात्रै जोडेका छौँ, सर्दु जोड्न बाँकी छ,’ उक्त भिडियोसँगै उनले लेखेका छन्, सर्दुसँग त झन् ठूलो आउने छ फोहोरा ।’

    उनले शेयर गरेको भिडियोमा मेयर साम्पाङसहितका धरानवासी पानीको फोहोरामा भिज्दै खुशीले नाच्दै गरेको देखिन्छ ।

    २०७९, भाद्र २८ मंगलवार०७:५१:२५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार