साउनयता ९ हजार ८ सय ३५ जनामा डेंगु संक्रमण : मन्त्रालय

साउनयता ९ हजार ८ सय ३५ जनामा डेंगु संक्रमण : मन्त्रालय

२०७९, भाद्र २८ मंगलवार

  • 973
    SHARES

  • साउनयता ९ हजार ८ सय ३५ जनामा डेंगु संक्रमण : मन्त्रालय

    काठमाडौँ । नेपालमा साउन महिनादेखि हालसम्म मात्रै ९ हजार ८ सय ३५ जनामा डेंगु संक्रमण भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    हालसम्म बाग्मती प्रदेशमा सबैभन्दा बढी ७ हजार ४ सय ४०, लुम्बिनीमा १ हजार ३ सय ५६, प्रदेश १ मा ३ सय २०, सुदूर पश्चिममा २ सय ७१, गण्डकीमा २ सय २, मधेश प्रदेशमा १ सय ८० र कर्णाली प्रदेशमा ६६ जना डेगूंका बिरामी फेला परिसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    ७५ जिल्लामा फैलिसकेको डेंगु संक्रमण नियन्त्रण तथा रोकथामका लागि इपिडिमियोलिजी तथा रोग नियन्त्रण महाशाखाले १ सय ३९ स्थानीय तह, ६० जिल्ला र ७ वटै प्रदेशमा “खोज र नष्ट गर” अभियान सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरिएको मन्त्रालयले जनाएको छ ।

    साथै सरकारले भाद्र ९ गतेदेखि ललितपुर स्वास्थ्य कार्यालय तथा महानगरपालिकाका वडाहरुसगँको सहकार्यमा सामूहिक डेंगु अनुसन्धान तथा लार्भा नष्ट कार्य सुरु गरेको मन्त्रालयले जानकारी दिएको छ ।

     

    २०७९, भाद्र २८ मंगलवार०५:१३:१५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार