काठमाडौँ । पछिल्लो २४ घण्टामा २०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ३०० पीसीआर परीक्षणमा ८७ जना र ३ हजार ७५९ एन्टिजेन परीक्षणमा ११६ जना गरी २०३ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा १२६ जना संक्रमणमुक्त भएका छन् ।