आज प्रतिनिधि सभा बैठक बस्दै

आज प्रतिनिधि सभा बैठक बस्दै

२०७९, भाद्र २९ बुधवार

  • 821
    SHARES

  • आज प्रतिनिधि सभा बैठक बस्दै

    काठमाडौँ । संघीय संसद् प्रतिनिधि सभाको बैठक आज बस्दै छ । संसद भवन नयाँ बानेश्वरमा बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

    आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलवार पाँच वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ । 

    त्यसै गरी बैठकमा कारागार विधेयक, २०७८ माथि राष्ट्रिय सभाबाट भएको संशोधन प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

    त्यस्तै, राष्ट्रिय सभा बैठक पनि आजै बिहान ११ बजे बस्ने कार्यसूची रहेको छ ।

    २०७९, भाद्र २९ बुधवार०७:३५:२३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार