१० जिल्लामा प्रकोपका रुपमा डेंगू संक्रमण : मन्त्रालय

१० जिल्लामा प्रकोपका रुपमा डेंगू संक्रमण : मन्त्रालय

२०७९, भाद्र २९ बुधवार

  • 1.1K
    SHARES

  • १० जिल्लामा प्रकोपका रुपमा डेंगू संक्रमण : मन्त्रालय

    काठमाडौँ । देशका १० जिल्लामा प्रकोपका रुपमा डेंगू संक्रमण देखा परेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयको आजको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. सञ्जय ठाकुरले पछिल्लो २ हप्ताको तथ्याङ्क अनुसार डेंगू सङ्क्रमणको सङ्ख्या काठमाडौँ उपत्यकासहित मकवानपुर, दाङ, रुपन्देही, चितवन, काभ्रेपलान्चोक र तेह्रथुम जिल्लामा बढी देखिएको बताए ।

    प्रवक्ता डा.ठाकुरले यस वर्ष वर्षायामको सुरुवात भएसँगै डेंगू संक्रमण देखिँदा हालसम्म ११ हजार ६५ जनामा डेंगू संक्रमण भइसकेको र कूल सङ्क्रमितमध्ये ८४ प्रतिशत डेंगूका बिरामी ती १० जिल्लामा पाइएको बताए ।

    डेंगू लाग्न नदिन लामखुट्टेको टोकाइबाट बच्नका लागि घर वरपरका खाल्डो पुर्ने, पानी जम्मा हुने ठाउँलाई सुख्खा तथा सफा राख्ने, सुत्दा झुल तथा धूपको प्रयोग गर्ने लगायतका सुरक्षा अपनाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

    २०७९, भाद्र २९ बुधवार०६:०७:१९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार