युरोपेली मुलुक जाने घरेलु कामदारले तालिम लिनुपर्ने

युरोपेली मुलुक जाने घरेलु कामदारले तालिम लिनुपर्ने

२०७९, भाद्र ३१ शुक्रवार

  • 741
    SHARES

  • युरोपेली मुलुक जाने घरेलु कामदारले तालिम लिनुपर्ने

    काठमाडौं। सरकारले घरेलु कामदारका रुपमा युरोपेली मुलुकमा जाने नेपाली श्रमिकले अनिवार्यरुपमा तालिम लिनुपर्ने व्यवस्था गरेको छ ।

    हाल घरेलु कामदारका रुपमा साइप्रस, रोमानियालगायत मुलुकमा पठाउँदा केही म्यानपावर कम्पनीले अभिमुखीकरण तालिम नदिई पठाउने गरेको पाइएपछि वैदेशिक रोजगार विभागले त्यस्ता श्रमिकका लागि तालिम अनिवार्य गरेको हो ।

    वैदेशिक रोजगारमा घरेलु कामदार पठाउनेसम्बन्धी निर्देशिका, २०७२ ले घरेलु कामदारका रुपमा वैदेशिक रोजगारीमा जानुपूर्व कम्तीमा ३० कार्यदिनको तालिम लिनुपर्ने व्यवस्था छ ।

    विभागले घरेलु कामदार अभिमुखीकरण तालिमसम्बन्धी कार्यविधि, २०७० अनुसार अनिवार्यरुपमा तालिम प्रदान गरेर मात्र श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने व्यवस्था गर्न सूचीकृत म्यानपावर कम्पनीलाई निर्देशन पनि दिएको छ ।

    २०७९, भाद्र ३१ शुक्रवार११:४९:०५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार