विसं २०७४ को बन्दसूची कायम नरहने

विसं २०७४ को बन्दसूची कायम नरहने

२०७९, भाद्र ३१ शुक्रवार

  • 737
    SHARES

  • विसं २०७४ को बन्दसूची कायम नरहने

    काठमाडौँ । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि विसं २०७४ मा राजनीतिक दलले पेश गरेको उम्मेदवारको बन्दसूची असोज १ गते राति १२ बजेदेखि कायम नरहने भएको छ ।

    निर्वाचन आयोगले राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको यही भदौ २८ को पत्र तथा भदौ २९ को राजनीतिक दलसँगको बैठकबाट प्राप्त सुझावसमेतका आधारमा उक्त बन्दसूची स्वतः कायम नरहने समयावधि किटान गर्ने निर्णय गरेको हो ।

    उक्त निर्णयको जानकारी प्रतिनिधिसभा, प्रदेशसभा, सङ्घीय संसद् राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति र राजनीतिक दललाई दिने तथा नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णयसमेत गरिएको आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    २०७९, भाद्र ३१ शुक्रवार०२:५३:३०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार