कोरोना अपडेट : थप १ सय १० जनामा सङ्क्रमण, १ सय २६ जना निको

कोरोना अपडेट : थप १ सय १० जनामा सङ्क्रमण, १ सय २६ जना निको

२०७९, भाद्र ३१ शुक्रवार

  • 661
    SHARES

  • कोरोना अपडेट : थप १ सय १० जनामा सङ्क्रमण, १ सय २६ जना निको

    काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १ सय १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ८ सय २७ जनाको नमूना परीक्षण गरिएको थियो ।

    १ हजार ७ सय ५२ जनाको पिसीआर र २ हजार ७५ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

    यस अवधिमा १ सय २६ जना कोरोनाबाट मुक्त भएका छन् । योसँगै कोरोनाबाट मुक्त हुनेको सङ्ख्या नौ लाख ८५ हजार एक सय तीन पुगेको छ । सङ्क्रमण मुक्त हुने दर ९८ दशमलव छ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 

    हाल सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ६२ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार १६ पुगेको छ । हाल होम आइसोलेशनमा एक हजार नौ सय ९९, संस्थागत आइसोलेशनमा ६३ र आइसियुमा २० सङ्क्रमित रहेका छन् । 

     

    २०७९, भाद्र ३१ शुक्रवार०६:२७:३४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार