काठमाडौँ । आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रक्रिया आइतबारबाट सुरु हुँदैछ।
आज र भोलि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने कार्यतालिका निर्वाचन आयोगको छ।
शनिबार संसदको कार्यकाल सकिएसँगै समानुपातिकतर्फको मनोनयन हुन लागेको हो।
निर्वाचन आयोगका अनुसार दलहरूले समानुपातिकतर्फको बन्दसूची असोज ३ गतेभित्र बुझाइसक्नुपर्नेछ।
असोज २३ गतेदेखि प्रत्यक्षतर्फको मनोनयन सुरु हुनेछ।