बेलायतकी महारानीको अन्त्येष्टिमा सहभागी हुन परराष्ट्रमन्त्री खड्का बेलायतमा

बेलायतकी महारानीको अन्त्येष्टिमा सहभागी हुन परराष्ट्रमन्त्री खड्का बेलायतमा

२०७९, आश्विन २ आइतवार

  • 725
    SHARES

  • बेलायतकी महारानीको अन्त्येष्टिमा सहभागी हुन परराष्ट्रमन्त्री खड्का बेलायतमा

    काठमाडौँ । बेलायतकी महारानी एलिजावेथ द्वितीयको अन्त्येष्टि समारोहमा सहभागी हुन परराष्ट्रमन्त्री डा नारायण खड्का बेलायत आइपुगेका छन् । सो समारोहमा  सहभागिताका लागि बेलायत सरकारले नेपाल सरकारलाई आमन्त्रण गरेको थियो । 

    मन्त्री डा खड्का शनिबार राति हिथ्रो विमानस्थलमा आइपुग्दा बेलायतको विदेश मन्त्रालयको  टोलीले उनलाई स्वागत गरेको थियो । मन्त्री खड्काको स्वागतका लागि लन्डनस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्य त्यहाँ पुगेका दूतावासले जनाएको छ ।

    दूतावासकाअनुसार मन्त्री खड्का बकिङ्घम दरबारमा बेलायतका राजाले आयोजना गर्ने स्वागत समारोह तथा बेलायती विदेशमन्त्रीले आयोजना गर्ने स्वागत समारोहमासमेत सहभागी हुने र महारानीको राजकीय अन्त्येष्टि समारोहमा सहभागी हुनुका साथै ल्यान्कास्टर हाउसमा शोक पुस्तिकामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । 

    मन्त्री खड्का यही असोज ५ गते स्वदेश फर्कने कार्यक्रम रहेको दूतावासकी उपनियोग प्रमुख रोशन खनालले जानकारी दिए ।

    २०७९, आश्विन २ आइतवार०३:१४:२३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार