आज राजनीतिक दलले समानुपातिक बन्दसूची बुझाउँदै 

आज राजनीतिक दलले समानुपातिक बन्दसूची बुझाउँदै 

२०७९, आश्विन ३ सोमवार

  • 689
    SHARES

  • आज राजनीतिक दलले समानुपातिक बन्दसूची बुझाउँदै 

    काठमाडौँ । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची बुझाउनका लागि निर्वाचन आयोगले तोकेको समयको आज अन्तिम दिन ठूला दलहरुले बन्दसूची बुझाउँदै छन् ।

    आयोगले तोकेको पहिलो दिन हिजो आइतबार दुई दलले मात्रै बन्दसूची बुझाएका थिए । मंसिर ४ मा हुने निर्वाचनका लागि प्रमुख दलहरूले आज बन्दसूची बुझाउने तयारी गरेका छन् । दलहरू बन्दसूचीका लागि आन्तरिक छलफलमा छन् ।

    आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार आइतबार नेपाल समावेशी पार्टी र तराई मधेस लोकतान्त्रिक पार्टीले प्रतिनिधिसभातर्फको बन्दसूची पेस गरेका छन् ।

    त्यस्तै, प्रदेशसभाका लागि प्रदेश नम्बर १ मा किराँत खुम्बुवान साझा पार्टी, वाग्मतीमा तामाङशाली पार्टी र मधेस प्रदेशमा तराई मधेस लोकतान्त्रिक पार्टीले बन्दसूची पेस गरेका अर्यालले जानकारी दिए ।

    २०७९, आश्विन ३ सोमवार०७:५४:३१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार