गोठाटारमा गोली प्रहारबाट एकको मृत्यु, मोहम्मद १० वर्ष जेल बसेर छुटेको खुलासा

गोठाटारमा गोली प्रहारबाट एकको मृत्यु, मोहम्मद १० वर्ष जेल बसेर छुटेको खुलासा

२०७९, आश्विन ४ मंगलवार

  • 1.4K
    SHARES

  • गोठाटारमा गोली प्रहारबाट एकको मृत्यु, मोहम्मद १० वर्ष जेल बसेर छुटेको खुलासा

    काठमाडौँ । गोठाटारमा गोली हानिएका मोहम्मद दर्जी १० वर्ष जेल बसेर छुटेको व्यक्ति भएको खुलेको छ ।

    कागेश्वरी मनहरा–८ गोठाटारमा सोमबार साँझ दर्जीमाथि गोली प्रहार भएको थियो । तीन राउण्ड गोली लागेका उनको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा मृत्यु भएको छ ।

    प्रहरीका अनुसार हाल कपडा व्यवसाय गर्दै आएको मोहम्मद कुनै समय जेल परेका थिए । १० वर्ष जेल बसेका उनी केही वर्षअघि मात्र थुनामुक्त भएका थिए ।

    गोली काण्ड पुरानो घटनासँग जोडिएको हुनसक्ने प्रहरीको आशङ्का छ । उनले तीन दिनअघि मात्र सुरक्षा माग गर्दै जम्बुडाँडा प्रहरी चौकीमा निवेदन दिएका थिए ।

    पीडित परिवारले भने प्रहरीले गम्भीर रूपमा नलिएका कारण घटना भएको बताएको छ । 

    २०७९, आश्विन ४ मंगलवार०७:४३:१९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार