निर्वाचन खर्च नबुझाउने जनप्रतिनिधिलाई जरिवाना

निर्वाचन खर्च नबुझाउने जनप्रतिनिधिलाई जरिवाना

२०७९, आश्विन ५ बुधवार

  • 1.9K
    SHARES

  • निर्वाचन खर्च नबुझाउने जनप्रतिनिधिलाई जरिवाना

    नेपालगञ्ज । स्थानीय तहको निर्वाचनमा खर्च विवरण नबुझाएका बाँकेका जनप्रतिनिधीलाई निर्वाचन आयोगले जरिवाना तोकेको छ ।

    समयमा निर्वाचन खर्च नबुझाउने बाँकेका एक उपमहानगरपालिका, एक नगरपालिका र छ गाउँपालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्य रहेको जिल्ला निर्वाचन कार्यालय बाँकेकी प्रमुख रमा पन्तले जानकारी दिए । 

    उनीहरु स्थानीय तहको निर्वाचनमा राजनीतिक दलको उम्मेदवार भएर विजयी भएका थिए । सो निर्वाचनमा उम्मेदवार भएर पराजित भएकालाई पनि जरिवाना तोकिएको छ ।

    उनले बाँकेका अधिकांश पालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यले निर्वाचनको खर्च विवरण नबुझाएको उल्लेख गरे । 

     

     

    २०७९, आश्विन ५ बुधवार०२:३८:०४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार