संविधानको दायरा बाहिर जाने छुट कसैलाई छैन : उपराष्ट्रपति

संविधानको दायरा बाहिर जाने छुट कसैलाई छैन : उपराष्ट्रपति

२०७९, आश्विन ५ बुधवार

  • 645
    SHARES

  • संविधानको दायरा बाहिर जाने छुट कसैलाई छैन : उपराष्ट्रपति

    काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकालाई संविधानको दायराभन्दा बाहिर जाने छुट छैन भनेका छन् । 

    उनले आज वक्तव्य जारी गर्दै संविधानको पालन र संरक्षणका लागि सबै पक्षमा आग्रह गरेका हुन् ।

    “पछिल्ला दिनमा विकसित घटनाक्रमले संविधानको प्रमुख पालक र संरक्षकबाट नै सचेततापूर्वक संविधानको पालन र संरक्षण हुन नसकेको भनी जनआवाज उठिरहेका छन् ।

    यो आवाज उठ्ने परिस्थितिको सिर्जना हुनु दुःखद् हो”, उपराष्ट्रपति पुनले भनेका छन्, “संविधानको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हो । संविधानबमोजिम सबैबाट आ–आफ्नो कर्तव्य पालना गर्नुका साथै संविधानको पालन र संरक्षण हुनुपर्दछ ।”

    सार्वभौम संविधानसभाबाट नेपालको संविधान २०७२ जारी भएको अवसरमा यही असोज ३ गते संविधान दिवस हर्षोल्लासका साथ मनाइएको जनाउँदै उनले संविधान दिवसका अवसरमा सबैले संविधानको पालन र संरक्षण गर्ने भनी दोहो-याएको प्रतिबद्धताको स्मरण पनि सो वक्तव्यमा गरेका छन् ।

    11.png

    २०७९, आश्विन ५ बुधवार०४:२७:१३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार