पहिरोका कारण अवरुद्ध पासाङल्हामु मार्ग सञ्चालनमा

पहिरोका कारण अवरुद्ध पासाङल्हामु मार्ग सञ्चालनमा

२०७९, आश्विन ६ बिहिवार

  • 697
    SHARES

  • पहिरोका कारण अवरुद्ध पासाङल्हामु मार्ग सञ्चालनमा

    रसुवा । पहिरोका कारण गत साउन २५ गतेदेखि अवरुद्ध  पासाङल्हामु राजमार्ग पुनः सञ्चालनमा आएको छ । 

    रसुवा जिल्लाको उत्तरगया गाउँपालिका–५ स्थित बनुवा घुम्ती नजिकै   करिब ७० मिटर सडक क्षति हुँदा सो मार्ग अवरुद्ध भएको थियो ।  सो स्थानमा पुनः ग्याबिन पर्खाल निर्माण गरेर सडक सञ्चालनमा ल्याएको  डिभिजन सडक कार्यालय नुवाकोटले जनाएको छ ।

    पासाङल्हामु मार्ग खुल्ला भएसँगै चीनबाट आयात भएका सामग्री रसुवाको टिमुरेदेखि काठमाडौँ लैजान,  जिल्लामा सञ्चालित विकास निर्माणका सामग्री  भित्र्याउन,  खाद्य सामग्री ढुवानी गराउन, काठमाडौँ – रसुवा सिधा बस सेवा सञ्चालन गराउन  सहज भएको छ ।

    सुरुमा त्रिशूली– सोम्दाङ सडकको नामकरणबाट निर्माण भएको सो मार्ग अन्तर्गत बनुवा घुम्तीको क्षतिग्रस्त सडक विसं २०४० मा निर्माण गरिएको थियो ।

    तर उक्त स्थानमा नालीको भलपानीलाई सही खालको निकास दिन नसक्दा साउन २४ गते रातिको भीषण वर्षाले विकराल रूप सडक क्षति भएको थियो । यसबाट  धान खेतसमेत नोक्सान भएको स्थानीय बासिन्दाले बताएका छन् ।

    सडक क्षति पश्चात् तत्कालीन समयमा सम्पन्न गोसाइँकुण्डको विशेष धार्मिक मेलाका यात्रु समेत प्रभावित बन्न पुगेको थिए । बनुवा घुम्तीको पहिरो स्थलमा ग्याबिन पर्खाल लगाई सतहको पुरै भागमा अनेत्रबाट ल्याइएको ढुङ्गा माटोले पुरेर सडक प्रारूप तयार गराई सञ्चालनमा ल्याइएको हो । 

    सो कार्यालय प्रमुख डिभिजनल इञ्जिनीयर अमृतमणि रिमालले आजदेखि बनुवा धुम्ती क्षेत्रको पासाङल्हामु सडक पूर्णरूपमा सञ्चालनमा आएको जानकारी दिए । 

    उनका अनुसार   त्रिशूली, बेत्रावति, धुञ्चे, स्याफ्रु रसुवागढी क्षेत्रमा आजैदेखि  सिधा  यातायात सञ्जाल जोडिएको छ ।

    क्षतिग्रस्त सडक ४४ दिनको अह्रोरात्र प्रयासले ग्याबिन पर्खाल लगाइएको जनाइएको छ । निर्माणमा संलग्न ठेकेदार कम्पनी सुन्धरादेवी निर्माण सेवाका प्रबन्ध निर्देशक रवीन्द्र बुढाथोकीले  हिलो सडक व्यवस्थापन गर्न केही समय लाग्ने जानकारी दिए ।

    २०७९, आश्विन ६ बिहिवार०४:००:०२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार