रुकुमपूर्वमा बस  दुर्घटना, पाँच जनाको  मृत्यु, १३ घाइते

रुकुमपूर्वमा बस  दुर्घटना, पाँच जनाको  मृत्यु, १३ घाइते

२०७९, आश्विन ६ बिहिवार

  • 825
    SHARES

  • रुकुमपूर्वमा बस  दुर्घटना, पाँच जनाको  मृत्यु, १३ घाइते

    काठमाडौँ । रुकुमपूर्वको भूमे गाउँपालिका–३ क्याङ्सी बगरमा भएको बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।

    काठमाडौँबाट रुकुमकोट आउँदै गरेको ग१ख ९१०९ नम्बरको बस आज दुर्घटना हुँदा घटनास्थलमा पाँचको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए ।

    मृतकको सनाखत हुन बाँकी रहेको बताउँदै उनले उक्त बसमा सवार १७ मध्ये १३ जना घाइते भएका र तीनको अवस्था गम्भीर रहेको बताए । घाइते सबैको रुकुम पूर्व अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक डाँगीले जनाए । 

    उनका अनुसार घटनास्थलमा उद्धार कार्य भइरहेको छ । घाइतेलाई हेलिकप्टरबाट उपचारका लागि लैजाने पहल भएको छ । 

    नेपाली सेनाको नरसिङ दल गुल्म रुकुमपूर्वका सेनानी बाबुलाल जिसीले घाइतेको उपचारका लागि सुर्खेतबाट हेलिकप्टर ल्याउने तयारी भइरहेको जानकारी दिए ।

    २०७९, आश्विन ६ बिहिवार०५:५०:५९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार