मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै चालकको मृत्यु

मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै चालकको मृत्यु

२०७९, आश्विन ८ शनिवार

  • 1.2K
    SHARES

  • मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै चालकको मृत्यु

    विर्तामोड । झापाको मेचीनगर नगरपालिकामा शुक्रबार राति मोटरसाइकल एकापसमा जुध्दा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी एक जना घाइते भएका छन् ।

    मेची राजमार्गअन्तर्गत मेचीनगर-१२ स्थित पिपलडाँगीमा शुक्रबार राति ११:२५ बजे उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्र १-०१-०१४ र प ३३५० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको प्र १-०१-०१४ प २६७८ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुवै चालकको मृत्यु भएको झापा जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    दुर्घटनामा परी सख्त घाइते भएका प्र १-०१-०१४ प ३३५० नम्बरको मोरसाइकल चालक कनकाई-४ का ३८ वर्षीय कृष्णप्रसाद सिग्देल र प्र १-०१-०१४ प २६७८ नम्बरका मोटरसाइकल चालक अर्जुनधारा-४ का ४५ वर्षीय विष्णु थापाको उपचारका क्रममा बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा आज राति १:३५ बजे मृत्यु भएको हो ।

    उक्त दुर्घटनामा मोटरसाइकल पछाडि सवार कनकाई-४ का ५३ वर्षीय रामबहादुर अधिकारीको टाउको, हात र खुट्टामा चोट लागेकाले उपचार भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । -रासस 

    २०७९, आश्विन ८ शनिवार१२:१३:००

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार