काठमाण्डौ । पछिल्लो २४ घण्टामा देशभर थप ७४ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४१ सय २६ नमूना परीक्षण गरिएकोमा ७४ जनामा संक्रमण पुष्टि भएको हो ।
यसैगरी पछिल्लो २४ घण्टामा संक्रमणका कारण एक जनाले ज्यान गुमाएका छन् भने हालसम्म कोरोना संक्रमणका कारण नेपालमा १२ हजार सात जनाले ज्यान गुमाइसकेका छन् ।