काठमाडौं । पछिल्लो २४ घण्टामा ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १ हजार २०६ जनाको पीसीआर परीक्षण गर्दा ४० जनामा १ हजार ८१८ जनाको एन्टीजेन परीक्षण गर्दा ११ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टाको अवधिमा १०० जना सङ्क्रमण मुक्त भएका छन् भने सङ्क्रमण मुक्त हुने दर ९८.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार २४ घण्टामा मृत्यु शुन्य भएको छ भने नेपालमा हाल १ हजार २२३ जना सक्रिय सङ्क्रमित छन् ।