आज पृथ्वीजयन्तीमा सार्वजनिक बिदा

आज पृथ्वीजयन्तीमा सार्वजनिक बिदा

२०७७, पौष २७ सोमवार

  • 1.4K
    SHARES

  • आज पृथ्वीजयन्तीमा सार्वजनिक बिदा

    पौष २७, दमौली ।

    तनहुँको शुक्लागण्डकी नगरपालिकाले पृथ्वीजयन्तीका अवसरमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले आइतवार विज्ञप्ति सार्वजनिक गर्दै राष्ट्रिय एकीकरण दिवसका अवसरमा सोमबार नगर क्षेत्रमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

    बिदाको दिन नगरपालिका र वडा कार्यालय तथा सामुदायिक विद्यालय बन्द रहने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिए । राष्ट्रलाई एकीकरण गर्ने पृथ्वीनारायण शाहको योगदानको सम्मानस्वरुप बिदा दिने निर्णय भएको सुवेदीले बताए । 

    २०७७, पौष २७ सोमवार०७:१३:४५
    प्रतिक्रिया
    सम्बन्धित समाचार