रोकिएन सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन

रोकिएन सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन

२०७९, आश्विन १२ बुधवार

  • 725
    SHARES

  • रोकिएन सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यही असोज १ गतेदेखि सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध गरे पनि नागरिकले त्यसको पालना गरेको देखिँदैन ।

    कामपाले सार्वजनिक सूचना जारी गर्दै यही असोज १ देखि सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन गरे रु एक सय जरिवाना लाग्ने सूचना सार्वजनिक गरेको थियो । 

    रत्नपार्क, न्युरोड, असन, सुन्धारालगायत भिडभाड बढी हुने स्थानमा खुलेआम रुपमा सुर्तीजन्य पदार्थ सेवन गरिरहेको पाइएको छ । कामपाका प्रमुख बालेन्द्र साह, सचिवालय सदस्य सुनिल लम्सालले यस सम्बन्धमा कामपाका नगर प्रहरीहरूले नियमित अनुगमन गरिरहेको र अवज्ञा गर्नेहरू जुनसुकै समयमा कारबाहीमा पर्ने बताए ।  

    सूचनाको अवज्ञा गरेको  पाइए सुर्तीजन्य पदार्थ –नियन्त्रण र नियमन गर्ने ऐन २०६८ समेतको आधारमा कारबाही र  जरिवाना गर्ने बताइएको छ ।  

    कामपा नगरसभाको ११ औँ अधिवेशनले सार्वजनिक स्थानमा धूम्रपान निषेध गर्ने व्यवस्था प्रभावकारी रुपमा कार्यान्वयन गर्ने नीति पारित सरिसकेको हुनाले यस किसिमको व्यवस्था गरिएको जनाइएको छ । 

    २०७९, आश्विन १२ बुधवार०३:१४:४४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार