दशैँमा ११ देखि ३ बजेसम्म सर्वोच्च अदालत खुल्ने

दशैँमा ११ देखि ३ बजेसम्म सर्वोच्च अदालत खुल्ने

२०७९, आश्विन १२ बुधवार

  • 685
    SHARES

  • दशैँमा ११ देखि ३ बजेसम्म सर्वोच्च अदालत खुल्ने

    काठमाडौँ । सर्वोच्च अदालत बडा दशैँ २०७९ को बिदाको समयमा पनि बिहान ११ देखि अपराह्न ३ बजे खुला रहनेछ ।

    दशैँ पर्वका अवसरमा घटस्थापनाका दिनदेखि यही असोज २३ गते कोजाग्रत पूर्णिमाका दिनसम्म बन्दी प्रत्यक्षीकरण रिट हेर्न उक्त समय अदालत खुला हुने सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए । 

    न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने घटस्थापना, शनिबार र विजयादशमीका दिनबाहेक अन्य दिनमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ हुनेछ ।

     

    २०७९, आश्विन १२ बुधवार०३:१७:५१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार