थप ४५ मा कोरोना सङ्क्रमण पुष्टि, ७० जना सङ्क्रमणमुक्त

थप ४५ मा कोरोना सङ्क्रमण पुष्टि, ७० जना सङ्क्रमणमुक्त

२०७९, आश्विन १३ बिहिवार

  • 689
    SHARES

  • थप ४५ मा कोरोना सङ्क्रमण पुष्टि, ७० जना सङ्क्रमणमुक्त

    काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    यस अवधिमा २ हजार ६ सय ७८ जनाको नमूना परीक्षण गरिएको थियो । १ हजार ३ सय ७ जनाको पिसीआर र १ हजार ३ सय ७१ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    आज ७० जना सङ्क्रमित कोरोना सङ्क्रमणमुक्त भएका छन् भने यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९ लाख ८६ हजार छ सय १७ पुगेको छ । सङ्क्रमणमुक्त हुने दर ९८ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

    हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ७७ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार १८ पुगेको छ । होम आइसोलेशनमा एक हजार ४१, संस्थागत आइसोलेसन ३६ र आइसियुमा ९ जना सङ्क्रमित रहेका छन् ।

    २०७९, आश्विन १३ बिहिवार०५:३३:३८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार