चुनावबाट कांग्रेस भाग्दैन : उपसभापति निधि

चुनावबाट कांग्रेस भाग्दैन : उपसभापति निधि

२०७७, पौष २७ सोमवार

  • 1.3K
    SHARES

  • चुनावबाट कांग्रेस भाग्दैन : उपसभापति निधि

    पौष २७, धनुषा ।

    नेपाली कांग्रेसका केन्द्रीय उपसभापति विमलेन्द्र निधिले प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमा विचाराधीन रहेकाले सर्वोच्च अदालतले मध्यावधि चुनावमा जाने विषयमा निर्णय लिए कांग्रेस चुनावमा जान तयार रहेको बताएका छन् ।  

    जनकपुरधाम–८ मा आइतवार आयोजित शहीद सत्यनारायण पाठकको सालिक अनावरण कार्यक्रममा उनले कांग्रेसले सदैव न्यायालयको सम्मान गरेको उल्लेख गर्दै पार्टी अदालतको निर्णयको पर्खाइमा रहेको बताए ।

    उपसभापति निधिले भने, प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सर्वोच्चमा अहिले विचाराधीन छ । यसको अन्तिम उपचार अदालतले पक्कै पनि गर्छ ।”

    उनले अदालतबाट पुनःस्थापना वा निर्वाचन मात्र अहिलेको विकल्प रहेको बताए । उनले भने, “देश र जनतालाई प्रतिनिधिसभा चाहिएको छ । त्यसको संवैधानिक उपाय भनेको संसद् पुनःस्थापना वा निर्वाचन मात्रै हो ।” 

    निधिले कांग्रेसलाई कसैले कमजोर नठान्न चेतावनी दिंदै भने, “कांग्रेस बाघ हो । बिलकुल शान्त भएर बसिरहेको हुन्छ तर जब सिकारको लागि तयार हुन्छ, यसको पञ्जाबाट कोही उम्किन पाउँदैन ।”

    उनले गणतन्त्र र सङ्घीयता उल्टाउने कोसिस गर्नेहरू आफैँ परास्त हुने बताए । उपसभापति निधिले नेपालमा अब राजतन्त्र कहिल्यै नफर्किने बताउँदै राजतन्त्रको सपना हेर्नेहरुलाई यस्ता दिवा स्वप्न नहेर्न आग्रह गरे ।  

    २०७७, पौष २७ सोमवार०७:३३:५७
    प्रतिक्रिया
    सम्बन्धित समाचार