काँग्रेसले केन्द्रीय सदस्यमा मनोनीत र भ्रातृ संस्थाका प्रमुखलाई समानुपातिक सूचीमा नराख्ने

काँग्रेसले केन्द्रीय सदस्यमा मनोनीत र भ्रातृ संस्थाका प्रमुखलाई समानुपातिक सूचीमा नराख्ने

२०७९, आश्विन १७ सोमवार

  • 1.1K
    SHARES

  • काँग्रेसले केन्द्रीय सदस्यमा मनोनीत र भ्रातृ संस्थाका प्रमुखलाई समानुपातिक सूचीमा नराख्ने

    काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय समितिमा हालै मनोनीत भएका र भ्रातृ संस्थाको प्रमुखको जिम्मेवारी पाएका नेताहरूलाई काँग्रेसले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक सूचीमा समावेश नगर्ने निर्णय गरेको छ।

    उनीहरू प्रत्यक्षमा निर्वाचन लड्न भने पाउँछन्। तर समानुपातिक सूचीबाट प्रतिनिधिसभा र प्रदेशसभाको सदस्य नबनाउने निर्णय पार्टीले गरेको छ।

    काँग्रेसमा ३१ साउनमा १० महिला केन्द्रीय सदस्यमा मनोनीत भएका थिए।

    किरण यादव (महोत्तरी), राधा घले (काठमाडौं), धना खतिवडा (ललितपुर), उर्मिला थपलिया (धादिङ), रुक्मिणी कोइराला (मोरङ), कल्याणी रिजाल (काठमाडौँ), गोमा भट्टराई (झापा), गङ्गा शाही (रुपन्देही), लक्ष्मी खतिवडा (सुनसरी) र सीता देवकोटा (नवलपुर)लाई केन्द्रीय सदस्य मनोनीत गरिएको थियो।

    त्यस्तै नेपाल विद्यार्थी सङ्घको अध्यक्षमा दुजाङ शेर्पा, नेपाल तरुण दलको अध्यक्षमा विद्वान गुरुङ, नेपाल महिला सङ्घको अध्यक्षमा उषाकुमारी राउत मिश्र र नेपाल राष्ट्रिय मगर सङ्घको अध्यक्षमा ओमबहादुर थापा मगर मनोनीत भएका थिए।

    यस्तै काँग्रेसले समानुपातिक उम्मेदवार सूचीमा पनि केही हेरफेर गर्ने बताएको छ।

    कांग्रेसमा शेखर समूहको दबाब पश्चात समानुपातिक सूचीमा व्यापक फेरबदल हुने अनुमान गरिएको छ । 

    २०७९, आश्विन १७ सोमवार०७:३०:३२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार