बारा बस दुर्घटनाः एमालेद्वारा दुःख व्यक्त

बारा बस दुर्घटनाः एमालेद्वारा दुःख व्यक्त

२०७९, आश्विन २० बिहिवार

  • 1.1K
    SHARES

  • बारा बस दुर्घटनाः एमालेद्वारा दुःख व्यक्त

    काठमाडौँ । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–२२ स्थित अमलेखगञ्ज सडकखण्डमा बस दुर्घटनामा परी १६ जना यात्रुको मृत्यु भएको घटनाबाट नेकपा (एमाले) स्तब्ध भएको छ।

    उक्त घटनाप्रति शोक वक्तव्य जारी गर्दै मृतकप्रति गहिरो श्रद्धाञ्जली अर्पण गरेको छ।

    ‘यस दुखद घडीमा मृतकप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दै हाम्रो पार्टी घाइतेहरूको शीघ्र स्वास्थ्य लाभ कामनाका साथै उचित उपचारको व्यवस्था गर्न माग गर्दछ,’ शोक वक्तव्यमा उल्लेख गरिएको छ।

    चाडबाडका बेला दुर्घटना न्यूनीकरण गर्न विशेष ध्यान दिनुपर्नेमा त्यसो हुन नसकेकाले यति ठूलो मानवीय क्षति भएको एमालेले जनाएको छ।

    ‘सडकलाई सुरक्षित बनाउन यस्ता दुखद घटनाबाट पाठ सिक्दै आवश्यक काम गर्न हाम्रो पार्टी सरकारी निकायको ध्यानाकर्षण गराउन चाहन्छ,’ केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।

    २०७९, आश्विन २० बिहिवार०८:०८:५९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार