दुईतर्फी नै खुल्यो नारायणगढ–मुग्लिन सडक

दुईतर्फी नै खुल्यो नारायणगढ–मुग्लिन सडक

२०७९, आश्विन २१ शुक्रवार

  • 981
    SHARES

  • दुईतर्फी नै खुल्यो नारायणगढ–मुग्लिन सडक

    चितवन । पटकपटक खसेको पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ ।

    भरतपुर महानगरपालिका–२९ स्थित केराबारी र अठार किलोमा खसेको पहिरो हटाएर बाटो खुलाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    केराबारीको पहिरो साँझ ५ः५० मा हटाइएको थियो भने १८ किलोको पहिरो ६ः२० बजे हटाएर बाटो खुलाइएको प्रहरीले जनाएको छ ।

    १८ किलोमा लेदोसहितको पहिरो खसेको थियो । यसअघि बिहीबार बिहान ८ः२० बजेको समयमा भरतपुर महानगरपालिका–२९, स्थित सत्रकिलो भन्ने स्थानमा अविरल वर्षाले लेदोसहित पहिरो खसेपछि दुईतर्फी बाटो अवरुद्ध भएको थियो ।

    नारायणगढ मुग्लिन सडकखण्डमा यस वर्षमात्रै दुई दर्जन बढीपटक पहिरो खसेर सडक अवरुद्ध भएको छ ।

    २०७९, आश्विन २१ शुक्रवार०६:५८:१३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार