काठमाडौँ । आगामी मंसिर ४ गतेको लागि तय भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको उम्मेदवारी दर्ता आज हुँदैछ।
निर्वाचन आयोग नेपालका अनुसार असोज २३ गते प्रत्यक्षतर्फ उम्मेदवार हुन चाहनेहरूले आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेदवारी दर्ता गर्नुपर्नेछ ।
आयोगका अनुसार आजै साँझ ५ बजेदेखि ७ बजेसम्म मनोनयनपत्र दर्ता गरेका उम्मेदवारको सूची प्रकाशन गरिने छ ।
यस्तै, भोली असोज २४ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय उम्मेदवारको विरोधमा उजुरी दिनका लागि भनिएको छ ।
त्यस्तै, असोज २५ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरि सााँझ ७ बजे उमेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।
