उम्मेदवारहरूको नामावली प्रकाशन आज 

उम्मेदवारहरूको नामावली प्रकाशन आज 

२०७९, आश्विन २५ मंगलवार

  • 905
    SHARES

  • उम्मेदवारहरूको नामावली प्रकाशन आज 

    काठमाडौँ । निर्वाचन आयोगले आगामी मंसिर ४ गतेका लागि तय भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकाहरूको नामावली आज मंगलबार प्रकाशन गर्दैछ ।

    निर्वाचन आयोगका अनुसार यही असोज २३ गते उम्मेदवारी दर्ता गराएकाहरूको नामावली आज बेलुका ५ बजेदेखि ७ बजेसम्म प्रकाशन गरिने छ ।

    आयोगले हिजो सोमबार उम्मेदवारविरुद्ध उजुरी दिने तालिका निर्धारण गरिएको थियो । ती उजुरीहरूमाथि छानबिन गरी आज बेलुका नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ ।

    निर्वाचन आयोगका अनुसार उजुरी परेका उम्मेदवारहरूमाथिको उजुरी पुष्टि भएमा उम्मेदवारी स्वतः रद्द हुने व्यवस्था छ ।

    प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय योजना आयोगका निवर्तमान उपाध्यक्ष विश्व पौडेल देखि पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छेदार विरुद्धसम्म उजुरी परेको छ ।

    आयोगले आज प्रकाशन गर्ने नामावलीहरुमध्ये कुनै उम्मेदवारलाई आफ्नो उम्मेदवारी फिर्ता लिने मन भए भोलि बिहान १० बजेदेखि १ बजेसम्मको समयमा फिर्ता लिन सकिने छ ।

    त्यसपछि भोलि असोज २६ गते दिउँसो ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ४ देखि ५ बजेभित्र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने निर्वाचन आयोगको कार्यतालिका छ ।

    निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभाका लागि २ हजार ५२६ र प्रदेश सभाका लागि ३ हजार ४७६ जनाको उम्मेदवारी दर्ता भएको छ ।

    २०७९, आश्विन २५ मंगलवार०८:१३:३९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार